Logo
Logo

प्रधानमन्त्रीले बोलाए सबै दलका प्रमुख सचेतकको बैठक


1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन् ।

आज बिहान ९ बजेका लागि प्रधानमन्त्री प्रचण्डले सबै दलका सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजान सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो ।

आइतबारमात्रै सत्तारूढ दलको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । यद्यपि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्