Logo
Logo

इयूका आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउँदै


504
Shares

काठमाडौं । यूरोपेली यूनियन कि आयुक्त जुट्टा उर्पिलाइनेन नेपाल आउने भएका छन् । उनी एक दिने भ्रमणका लागि बुधवार
काठमाडौं आउन लागेका ईयूको काठमाडौंस्थित दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार आयुक्त उर्पिलाइनेन ८ फेब्रुअरीमा नेपाल आउने तय भएको हो । इयुका अनुसार पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

काठमाडौंस्थित ईयूको राजदूतवासले जनाएअनुसार उनले प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उनले भ्रमणका क्रममा छलफल गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्