Logo
Logo

प्रधानमन्त्रीद्धारा महान्यायाधिवक्ताको कार्यालय अवलोकन


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायाधिवक्ताको कार्यालय अवलोकन गरेका छन् । उनले आज बिहान महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गत १३ पुसमा प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा डा. दिनमणी पोखरेल महान्यायधिवक्तामा नियुक्त भएका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले पहिलोपटक महान्यायाधिवक्ताको कार्यालय भ्रमण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्