Logo
Logo

मिनभवनमा नेविसंघका विद्यार्थीबीच ढुंगा हानाहान


819
Shares

काठमाडौं । नयाँ बानेश्वरको मिनभवन नेपाल कमर्स क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई पक्षबीच झडप भएको छ । सोमबार दिउँसो सभापति शेरबहादुर देउवा पक्ष र शेखर कोइराला पक्षका नेविसंघ नेताबीच ढुंगा हानाहान भएको हो ।

शेखर समूहका विद्यार्थीले गरेको कार्यक्रममा संस्थापन पक्षका विद्यार्थी आएर अवरोध गरेपछि झडप भएको बताइएको छ । स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा दुजाङ शेर्पा आफूसहित गुण्डागर्दी शैलीमा आएर कार्यक्रम भाँडेको शेखर समूहका विद्यार्थी नेताले आरोप लगाएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार अहिले ढुंगा हान्न रोकिएको छ । ढुंगा हानहान भएपनि कसैलाई चोट लागेको प्रहरीले जनाएको छ । अध्यक्ष सरोज तिमल्सिना र समितिका संयोजक भुवन भट्टबीच विवाद उत्पन्न हुँदा ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्