काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको हो ।

केही समयअघि सुरु भएको बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ । बैठकमा सुरक्षा अधिकारीहरुको बढुवालगायत विषयमा छलफल हुने बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिए पछि मन्त्रिपरिषद् बैठक पहिलोपटक बसेको हो। रास्वपका तीन मन्त्री आइतबार बाहिरिएका थिए ।
त्यस्तै बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने पनि बताइएको छ । निर्वाचन आयोगले आजै राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।











