भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले भोजपुरको साल्पासिलिछो गाउँपालिका– १ कुलुङस्थित योगमाया स्मृति प्रतिष्ठानको अवलोकन गर्ने भएका छन् ।

राष्ट्रपति भण्डारीले आगामी बुधबार स्मृति प्रतिष्ठानको अवलोकन गर्न लागेका हुन् । राष्ट्रपति आउने भएपछि गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपतिको भ्रमण सफल पार्न सबै पालिकावासीको उपस्थितिका लागि सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।
विसं १९२४ भोजपुरमा जन्मिएका योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन् । तत्कालीन अस्वथामा समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा उनले वि.स. १९९८ असार २२ गते अरुण नदीमा ६८ अनुयायीसँगै जलसमाधि गरेका थिए ।











