काठमाडौं, २७ असोज ।
सामूहि हत्या आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ बाट निर्वा्चित नेपाली कांग्रेसका कांग्रेसका प्रतिनिधि सभा सदस्य मोहम्मद अफताब आलम निलम्बनमा परेका छन् ।
आलममाथि रौतहटको इटाभट्टामा १२ वर्षअघि पाँच जलाएर मारेको आरोप लागेको थियो । सोही मुद्दामा उनी आइतबार पक्राउ परेका थिए ।
संसद सचिवालयका सचिव भरतराज गौतमले उपसभामुख शिबमाया तुम्बाहाङफेसमक्ष सांसद आलमलाई राजपुर नगरपालिका, इद्रिसगेटस्थित निवासबाट कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको लागि पक्राउ गरिएको लिखित जानकारी गराएका छन्।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उप नियम ३ मा फौजदारी अभियोगमा पक्राउ गरेको जानकारी प्राप्त भएमा थुनामा रहेको अवधिभर सांसदको हैसियतमा अधिकार प्राप्त नहुने उल्लेख छ। नियमावलीले त्यस्ता सांसदको पारिश्रमिक र सेवा सुविधा स्थगित हुने व्यवस्था गरेको छ।