
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाका मुद्दालाई विषेश ध्यान दिने बताएका छन् ।
मंगलबार संसद सचिवालयमा पदभार ग्रहण गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले पदको गरिमा कायम राख्दै महिलाहरुका मुद्दा र महिला सांसहरुलाई सहयोग गर्न ध्यान दिने प्रतिवद्धता जनाएका हुन् ।
महिलाका मुद्दाहरुलाई सम्बोधन गर्न सहकार्य जरुरी भएको उनको भनाइ छ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको काम प्रभावकारी बने देशभर सकारात्मक सन्देश जाने उनले बताइन् ।
‘त्यसैले उपाध्यक्षको हैसियतले विशेष जिम्मेवारी महसुस गरेकी छु,’ उनले भने । विभिन्न देशका महिला सांसदहरुसँग पनि सहकार्य गर्ने मन भएको बताउँदै उनले भनिन्, ‘तर के कति गर्न सकिन्छ अहिले भन्न सकिंदैन ।’














