
काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतिदेवीस्थित चोकमा रहेको प्रहरी बिट भत्काएको छ । नेपाल प्रहरीको समन्वयमा नगर प्रहरीले आज दिउँसो मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको हो ।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको बिट बनाइएको थियो । प्रहरी बिट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतिदेवी चोकमा रहेको प्रहरी बिट हटाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।














