Logo
Logo

राष्ट्रपति भण्डारी आज गृह जिल्ला जाँदै


756
Shares

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) गृह जिल्ला भोजपुर जाने भएकी छन् ।

षडानन्द नगरपालिकामा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म स्थानमा निर्माण गरिएको सालिक अनावरण तथा योगमाया न्यौपानेको समाधिस्थल मझुवाबेँसीमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी भोजपुर आउन लागेकी हुन् ।

उनले भोजपुरको साल्पासिलिछो गाउँपालिका- १ कुलुङस्थित योगमाया स्मृति प्रतिष्ठानको अवलोकन गर्ने छिन् ।

राष्ट्रपति आउने भएपछि गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रपतिको भ्रमण सफल पार्न सबै पालिकावासीको उपस्थितिका लागि सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

विसं १९२४ भोजपुरमा जन्मिएका योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुन् । तत्कालीन अस्वथामा समाजको कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा उनले वि.स. १९९८ असार २२ गते अरुण नदीमा ६८ अनुयायीसँगै जलसमाधि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्