
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले फागुन ४ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा सर्बसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले जारी गर्ने २७ लाख २८ हजार ५०० कित्ता आईपीओमध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
अब बाँकी रहेको आईपीओमध्ये ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
यस आईपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन पाउने छन् ।
यसमा लगानीकर्ताले फागुन १० गतेसम्म आवेदन दिन पाउने छन् । तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ ।














