काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले आफूलाई संसद् ‘चुनावीसभा’ जस्तो आभास भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

आफू पहिलो पटक संघीय संसद्मा पुगेको बताउँदै त्यो ठाउँ संसद् हो कि चुनावीसभा छुट्टाउनै गाह्रो भइरहेको उनले बताए । उनले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरूले राख्न नसकेको टिप्पणी गरेका छन् । संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखी नेताहरूले बोल्ने गरेको उनको भनाइ छ ।











