Logo
Logo

एमालेले बनाएको राष्ट्रपति ‘कठपुतली’ हुन्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले बनाएको राष्ट्रपति ‘सम्माननीय कठपुतली राष्ट्रपति’ हुने बताएका छन् ।

बुधबार आयोजित एक विचार गोष्ठीमा सम्बोधन गर्दै उनले केही समययता राष्ट्रपतिको भूमिकाको चर्चा गर्दै सो निष्कर्ष प्रस्तुत गरेका हुन् ।

उनले भेन, ‘अहिले नेकपा एमालेको नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने त्यो राष्ट्रपति कस्तो राष्ट्रपति हुन्छ ? त्यसलाई ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले के गर्छ ? अस्ति केही अभ्यास त भइसक्यो ।’

एमालेबाट निर्वाचित राष्ट्रपति भएमा उसले समानान्तर शक्तिको अभ्यास गर्ने थापाको भनाइ छ । उनले भने, ‘संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले विस्तारै दुइटा केन्द्र हुन्छ । एउटा बालुवाटार हुन्छ । एउटा शीतल निवास हुन्छ। अनि बालुवाटारबाट कार्यकारी अधिकारको प्रयोग गर्ने ठाउँमा शीतल निवासले पनि कार्यकारी अधिकार प्रयोग गर्छ र त्यो एक ठाउँमा गएर ठोकिन्छ। त्यसले संविधानलाई दुर्घटनामा लिएर जान्छ । ’

उनले संविधान दुर्घटनामा पर्ने डरले गर्दा कांग्रेसले राष्ट्रपतिमा आँखा लगाएको बताए । उनले भने, ‘हामी नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ । हराएरै छाड्छौँ। कोसिस गर्छौँ । लाग्छौँ लाग्छौँ । स्वाभाविक हो नि त । अस्वाविक हो र ? आँखा लगाउलास् भन्नुहुन्छ, आँखै लगाउँछौँ। भोट नै माग्छौँ। फकाउँछौँ। मिलाउने कोसिस गर्छौँ। त्यसलाई मत लिने कोसिस गर्छौँ । हामीले भनेको उम्मेदवारलाई राष्ट्रपति बनाउने कोसिस गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्