Logo
Logo

‘योद्धाको सपना’मा जीवन्त कविता


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, २८ असोज । कवि देवकी तिमल्सिना ‘समीक्षा’को ‘योद्धाको सपना’ कविता सङ्ग्रह जनयुद्धमा लडेका योद्धाहरुको भाव मात्र नभएर समाजमा उत्पीडित महिला तथा जनसमुदायको भावनाको सङ्ग्रह भएको टिप्पणी गरिएको छ ।

सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानद्वारा सोमबार आयोजित पुस्तक समीक्षा कार्यक्रममा समीक्षकहरुले कवि तिमल्सिना राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कला, साहित्य तथा सांस्कृतिक विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला, साहित्यले हजारौँ क्रान्तिकारी, सेना, विद्रोही जन्मायो, जसको परिणाम गणतन्त्र प्राप्त भएको धारणा राखे । उनले जनयुद्धको एक सेना, कलाकार हुँदै आज कविका रूपमा स्थापित भएकोप्रति बधाई व्यक्त गरे ।

डा. नवराज लम्सालले आफू बाँचेको समयमा टेकेर कविले वास्तविकता र भोगाइमा इमान्दार भएर रचिएको कविताले नै तिमल्सिना एक महान् कवि बन्ने सम्भावना रहेको उल्लेख गरे । कार्यक्रममा कवि रमेश शुभेच्छुकले कवि तिमल्सिना क्रान्ति चेतनाको कवि हो उनका प्रत्येक कविता जीवन्त छन् भने । कवि तिमल्सिनाले आगामी दिनमा पनि यस्तै भोगाइमा रहेर साहित्य लेख्न प्रयत्न गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्