Logo
Logo

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सकियो



दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । मतदान अपराह्न ३ बजे सकिएको मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले बताए ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेकोमा ३ सय ४ मत खसेको उनले जनाए । एक जना मतदाता अनुपस्थित रहे ।

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ दलबाट नेकपा एमालेका कुमार दसौंदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटको लागि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्