Logo
Logo

प्रधानमन्त्री र इयुका आयुक्तबीच भेटवार्ता



काठमाडौं । यूरोपेली यूनियनका आयुक्त जुट्टा उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । बुधबार नै नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलसहित भेट गरेका हुन् ।

आज दिउँसो सिंहदरबारमा भएको भेटमा पोषण, शिक्षा र ग्रिन रिकभरीलगायत विषयमा छलफल भएको बताइएको छ । त्यस्तै प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि यूरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत छलफल भएको छ ।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ ।

सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवर्द्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ ।

आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता जनाउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्