Logo
Logo

प्रधानमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी)का प्रशासक सामन्था पावरले भेटवार्ता गरेका छन् ।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर प्रमुख सामन्थाले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी हुन् । भेटका क्रममा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिएका थिए ।

उनले यसअघि उनले अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेका थिए ।

दुई दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेकी उनी आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर आज नै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

स्वदेश फर्किनुअघि आज साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्