Logo
Logo

एमालेका कुमार दसौंदी राष्ट्रियसभा सदस्य निर्वाचित



काठमाडौं । नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।

आज लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

एमालेबाट उम्मेदवार बनेका दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नागरिक उन्मुक्तिका रायले १९२ मत पाएका छन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्य निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्