Logo
Logo

डिल्लीराम खनालविरुद्ध करिश्माले दिए साइबर ब्युरोमा उजुरी



काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

उनले आफ्नो मानमर्दन हुने गरी युट्युबमा अन्तर्वार्ता दिएको भन्दै खनालविरुद्ध उजुरी दिएका हुन् । करिश्माले फेसबुकमार्फत उजुरी दिएको जानकारी गराएका छन् । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाहीको माग गर्दै करिश्माले उजुरी दिएकी व्युरोले जनाएको छ ।

डिल्लीरामले युट्युबको एक भिडियो अन्तर्वार्तामा करिश्मालाई रवि लामिछानेसँग ‘लिभिङ टुगेदर’मा बसेको आरोप लगाएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्