Logo
Logo

कांग्रेस संसदीय दलको बैठक स्थगित



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक स्थगित गरेको छ । कांग्रेसले बिहीबारका लागि तय गरेको संसदीय दलको बैठक स्थगित गरेको हो ।

संसदीय दल कार्यसमितिको माघ २२ गते धुम्बाराहीमा बसेको बैठकले बिहीबारका लागि दलको बैठक बोलाउने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आएर बैठक स्थगित गरिएको हो ।

यसअघि कांग्रेसले माघ १५ गतेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्