Logo
Logo

बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’मा प्रचण्डलाई निम्तो



काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ‘प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आमन्त्रण गरिएको छ ।

दुईदिने नेपाल भ्रमणको अन्तिम दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी सहयोग नियोग यूएसएआईडीका प्रमुख समान्था पावरले सो जानकारी दिएका हुन् ।

प्रमुख पावरले सम्मेलनको अधिकांश कार्यक्रम अर्चुअल्ली हुने भन्दै नेपालका प्रधानमन्त्रीले यसअघिको सम्मेलनमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयनसहितका सम्बोधन गर्ने अवसर हुने बताए ।

‘प्रधानमन्त्रीले विगतमा गरेका प्रतिबद्धता र सुधारका वाचा र उहाँको आगामी दिन कानुनी शासन र प्रजातान्त्रिक संस्थाहरुको सशक्तिकरणको योजनाको धारणा राख्ने अवसर हुने छ,’ उनले भने ।

गत सम्मेलनमा भएको प्रतिबद्धता कार्यान्वयन गर्नका लागि नागरिक समाजले पनि भूमिका निर्वाह गरिरहेको उनले बताए ।

सञ्चारकर्मीहरुले वासिंगटनमा आयोजना हुने सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निम्तो भएको वा नभएको विषयमा जिज्ञासा राखेपछि पावरले नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग जिज्ञासा राखेर जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्