Logo
Logo

३०-४० जनाको भारतीय समूहले सप्तरीमा गोली चलायो, एक जनाको मृत्यु



राजविराज । कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा बुधबार साँझ भारतीयहरु प्रवेश गरी गोली प्रहार गरेका छन् ।

३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा स्रोतले जनाएको छ । छर्रा लागेर स्थानीय महेन्द्र पासमान घाइते भएका छन् । उनको घुँडामा छर्रा लागेको छ ।

मध्य कोसीमा रहेको गोबरगाढाबस्ती भारतीय सीमासित जोडिएको छ । सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए ।

ती भारतीय नागरिकलाई छुटाउन ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेको वडाध्यक्ष कुशेश्वर यादवले जानकारी दिए ।

बन्दुक र घरेलु हातहतियारसहित आएका भारतीयहरुले भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेकालाई लगेको वडाध्यक्ष यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्