Logo
Logo

महरालाई हत्कडीलाई नलगाई अदालत लगियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असोज ।
संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार अदालतमा उपस्थित गराएको छ । थुनामा राख्ने अनुमति लिन अदालतमा उपस्थित गराइएको हो । अस्पतालाट अदालत लैजादा उनलाई हत्कडी लगाइएको छैन ।


१८ असोज (फूलपाती)मा पीडित महिलाले जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दिएकी थिइन् । १२ असोजमा तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले बलात्कार प्रयास गरेको महिलाको जाहेरीमा उल्लेख छ ।

जाहेरीको भोलिपल्ट १९ असोजमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, लगत्तै अदालतमा दसैँ बिदा भएपछि उनलाई मंगलबार पहिलोपटक अदालत उपस्थित गराउन लागिएको हो । पक्राउपछि चार दिन महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका उनलाई गत बिहीबार सरकारी कार्यालय खुलेसँगै काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु गरिएको थियो । आज उनको थप बयान हुने छ ।
उच्च रक्तचापका बिरामी महरा नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्