
काठमाडौं । माया खोला हाइड्रोपावरको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ।
आज (बिहीबार) बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कनसन गरेको थियो ।
उक्त आईपीओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
आवेदनमध्ये गोलाप्रथाबाट एक लाख ९९ हजार २ सय आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको प्रभु क्यापिटलले जनाएको छ ।











