काठमाडौं, २८ असोज ।
सोमबार जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनी पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।
उडान ढिलो गरेको भन्दै उनले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए । गृह मन्त्रालयको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी राष्ट्रिय जनता पार्टीका सांसद हुन् । उनलाई जनकपुर लगेर मुद्दा चलाउन लागिएको छ ।