Logo
Logo

प्रदेश समन्वय समितिको बैठक ५ फागुनभित्र सक्ने माओवादीको निर्णय


567
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘एक पद एक कार्यकारी जिम्मेवारी’को नीति अवलम्बन गर्ने भएको छ ।
यही माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले ‘एक पद एक कार्यकारी जिम्मेवारी’ तोक्ने निर्णय गरेको हो ।

पार्टी कार्यालय सचिव श्रीराम खनालका अनुसार उक्त निर्णय केन्द्रदेखि वडातहसम्मै लागू गर्ने हुने भएको छ । केन्द्रमा विभिन्न विभागमा जिम्मेवारी तोक्न बाँकी रहेकाले ‘एक पद एक कार्यकारी जिम्मेवारी’को नीति अनुसार नै केन्द्र प्रदेश, जिल्ला र स्थानीय तहमा यही नीति लागू हुने उनले जानकारी दिए ।

प्रदेश समन्वय समितिको बैठकमा सबै केन्द्रीय सदस्य र प्रदेश सदस्यहरुको जिम्मेवारी तोक्दा ‘एक पद एक कार्यकारी जिम्मेवारी’को नीतिअनुसार जिम्मेवारी तोक्ने पार्टीले सर्कुलर पठाएको छ । माओवादीको प्रदेश समन्वय समितिको बैठक फागुन ५ गतेसम्म सक्नेगरी समयसमेत तोकिएको छ ।

जसअनुसार प्रदेश नं. १ र बागमती प्रदेश माघ २७ गते, मधेश प्रदेश माघ २८ गते, गण्डकी प्रदेश माघ २९ गते, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश फागुन २ गते, कर्णाली प्रदेश र प्रवास प्रदेश फागुन ३ गते, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश फागुन ३ गते बैठक बस्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्