Logo
Logo

तोकियो माओवादीका नेताहरूको वरीयता, जनार्दनभन्दा वर्षमान अगाडि


6.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।

माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएसँगै वरीयता निर्धारण गरेको हो ।

पार्टीमा अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, अग्नीप्रसाद सापकोटा दोस्रो र पम्फा भुसाल तेस्रो वरियतामा छन् ।

त्यसपछि महासचिव देवप्रसाद गुरुङ छ । उपमहासचिवको वरियतामा क्रमशः गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा छन् ।

त्यस्तै ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको समेत वरीयता निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्