Logo
Logo

उच्चस्तरीय संयन्त्रको बैठकअघि प्रचण्ड र ओलीबीच छलफल


1.9k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेता सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अघि दुई नेताबीच भेटवार्ता भएको हो ।

अहिले केहीबेरमा राष्ट्रपति निर्वाचन र वर्तमान राजनीतिक विषयमा छलफल गर्नका लागि ‌‌ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ ।

राष्ट्रपतिको उम्मेदवार तय उच्चस्तरीय राजनीतिक संयन्त्रबाट नै तय गर्ने विषयमा बुधबार प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालकोटमा छलफल भएको थियो । दाहाल ओलीसँग छलफल गर्न बुधबार बिहान बालकोट पुगेका थिए ।

त्यस्तै, सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारले विश्वासको मत पाउने कि नपाउने भन्ने अनिश्चित भएको तथा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

संयन्त्रमा प्रधानमन्त्री दाहाल र ओलीका अलवा रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्