काठमाडौं । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतको राष्ट्रपति खोज्ने प्रयास भइरहेको बताएका छन् ।
पार्टी केन्द्रीय समितिलाई भचूअल मार्फत सम्बोधन गर्दै प्रचण्डले कांग्रेस, एमाले, माओवादी तथा सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति बनाउनुपर्ने बताए । सक्रिय राजनीति गरेको व्यक्ति राष्ट्रपति बन्दा दुःख पाएको उनले बताए ।

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति गरेर सबैलाई स्वीकार्य हुनेगरी चयन गर्नुपर्छ भन्ने हाम्रो चाहना छ । जसले हामी सबैका अनुभवहरूलाई करेक्सन गर्न सकोस् । हामीले गर्न खोजेका कामहरू संविधान र ऐनका कानुनलाई पालना गर्ने व्यक्ति भएमा सजिलो हुन्छ’ प्रचण्डको भनाई उदृढ गर्दै ति केन्द्रीय सदस्यले भने, ‘हामीले प्राप्त गरेका अनुभवले पनि राष्ट्रपति कुनै दलको इसारामा चल्दा के हुँदो रहेछ भन्ने राम्रोसँग भोगियौ । त्यसैले राष्ट्रपतिको विषयमा गहिरोगरी विचार गर्नुपर्ने अवस्था छ ।’
कांग्रेस, एमाले, माओवादी वा साना दलबाट पनि सहमतिको राष्ट्रपति बन्न सक्ने भन्दै उनले राष्ट्रपति चयनकै विषयमा सत्ता गठबन्धन नटुट्ने जिकिर गरे ।
‘त्यस्तो राष्ट्रपति एमाले भित्रैबाट पनि हुन सक्छ, कांग्रेसभित्रैबाट पनि हुन सक्छ,’ प्रचण्डले बैठकमा भने, ‘माओवादीभित्रैबाट पनि हुन सक्छ । अन्य साना घटकबाट पनि ल्याउन सकिन्छ । तर, त्यसो गर्दा अलिहेको गठबन्धन नटुट्ने गरी सहमतीय राष्ट्रपति खोज्नुपर्छ ।’
प्रचण्डले यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग यसबारे छलफल गरेको बताएका थिए ।














