काठमाडौं । रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्किएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले पार्टीमा फर्किएको जानकारी दिएका हुन् ।

शुक्रबार र शनिबार हुने महाधिवेशनबाट एकिकृत र सशक्त पार्टी निर्माणमा लाग्न प्रतिवद्ध रहेको उनको भनाई छ।
उनले लेखेका छन्– ‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म, विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु। भोलि र पर्सि (२७–२८) गते हुने विसापाको महाधिवेशनबाट एकीकृत र सशक्त पार्टी निर्माणमा लाग्न म पनि प्रतिवद्ध छु ।’
गएको निर्वाचनमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी उनले निराशाजनक मत पाएका थिए । २०७४ को स्थानीय चुनावमा विवेकशीलबाट चुनाव लड्दा उनले राम्रो मत पाएका थिए ।
विवेकशील साझा पार्टीले आफ्नो पहिलो महाधिवेशन माघ २७ गतेदेखि काठमाडौंमा गर्दैछ।














