
काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनियताको सपथ लिँदैछन् ।
बिहीबार राजेन्द्र रावल नेतृत्वको सरकार ढलेपछि मुख्यमन्त्री नियुक्त भएका कांग्रेस संसदीय दलका नेता शाहले आज पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।
एक महिना अघि नेकपा एमालेबाट रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर प्रदेशसभा बैठकमा विश्वासको मत पाउन नसकेपछि उनी नेतृत्वको सरकार एक महिनामै ढल्न पुग्यो ।
विश्वासको मत नपाएका रावलले राजीनामा दिएपछि प्रदेश प्रमुख देवराज जोशीले शाहलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री शाहको पद तथा गोपनियताको सपथ कार्यक्रमका लागि तयारी पुरा गरेको जनाएको छ । सरकार गठन भएको एक महिनामा नै पहिलो पटक निवर्तमान मुख्यमन्त्री रावलले विश्वासको मत नपाएका हुन् ।
रेशम लाल चौधरी आबद्ध नागरिक उन्मुक्ति पार्टीका ७ सांसदले आफनो माग पुरा नभएकाले रावललाई विश्वासको मत नदिएको जनाएको छ ।














