
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट सर्वसम्मत चयन भएका छन् ।बिहीबार धनगढीमा बसेको रास्वपाको बैठकले सभापतिमा विष्टलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
बिहीबार नै पार्टीका महामन्त्री मुकुल ढकालबाट पद तथा गोपनीयताको शपथ लिएका विष्टले ४३ सदस्यीय प्रदेश समितिसमेत विस्तार गरेका छन् ।
पार्टीको प्रदेश महामन्त्रीमा भोजराज जोशी चयन भएका छन् भने उपसभापति र सहमहामन्त्री चयन गर्न बाँकी छ । ४६ सदस्यीय प्रदेश समितिमा ३ जना सदस्य मनोनीत गर्न बाँकी रहेको रास्वपाले जनाएको छ ।
अब प्रदेश समितिले पदाधिकारी र बाँकी रहेका सदस्य मनोनित गर्दै पूर्णता दिनेछ भने प्रदेश समितिका सदस्यहरुबाटै ९ वटै जिल्लाका संयोजक र सहसंयोजक पनि चयन गरिने रास्वपाले बताएको छ ।











