
काठमाडौं । उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ ।
राजदूत नोनाले बिहीबार मन्त्रालय पुगेर मन्त्री लिङ्देनसँग भेटवार्ता गरेका हुन् । सो क्रममा डिप्रेजले नविकरणीय उर्जा क्षेत्रमा पु¥याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए ।
उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र बजारिकरणलाई प्राथमिकतामा राखेर आफूले काम गर्न चाहिरहेको उल्लेख गर्दै हरीत ग्यास उत्पादनको विषयमा पनि गृहकार्य भइरहेको बताए ।
छिमेकी राष्ट्रलाई विद्युत निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा लिङ्देनले बंगलादेशसँगको सम्झौता प्रक्रियामा रहेको भन्दै भविष्यमा ठूलो मात्रामा विद्युत निर्यात गर्ने गरी व्यापार सम्झौता हुने बताए ।











