Logo
Logo

ललितपुरको जंगलमा हराएका १६ किशोर/किशोरीको प्रहरीद्वारा उद्धार




काठमाडौं, २९ पुस ।
शनिबार फुल्चोकीको जंगलमा घुम्न जाँदा हराएका १६ जना किशोर- किशोरीको प्रहरीले उद्धार गरेको छ । शनिबार बेलुका सात वटा टोली बनाई जंगलमा खटाएर प्रहरीले उनीहरुको उद्धार गरेको हो ।

\
महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया फुल्चोकी जंगलको बिच खोँचबाट अलपत्र परेका निम्न १२ किशोर तथा ४ किशोरीलाई फेला पारी सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाई पठाईएको ।
बिहान करिव १०ः३० बजे घुम्ने क्रममा फुल्चोकी पुगेको ८ र ८ जनाको छुट्टाछुट्टै समुह बाटो बिराई अलपत्र परेको अवस्थामा प्रहरीले उद्दार गरी चिसो र भोकले कामिरहेको निजहरुलाई प्रहरी प्रभाग बाडेगाउँमा ल्याई तातो चिया र बिस्कुट खुवाएको थियो ।

उद्धार गरिएकाहरु

१. जिल्ला धनुषा घर भई हाल बानेश्वर शान्तिनगर काठमाण्डौ बस्ने वर्ष ३४ को व्रिज मोहन साह।
२. धनुषा जिल्ला घर भई हाल बानेश्वर शान्तिनगर काठमाडौं बस्ने वर्ष १७ को सुवास साह ।
३.धुनषा जिल्ला घर भई हाल बानेश्वर शान्तिनगर काठमाडौं बस्ने वर्ष १९ को अभिशेक यादव ।
४. धनुषा जिल्ला घर भई हाल बानेश्वर शान्तिनगर काठमाडौं बस्ने वर्ष १९ को ऋषि कुमार साह।
५. धनुषा जिल्ला घर भई हाल मैतिदेवि काठमाडौं बस्ने वर्ष २० को श्रीराम साह ।
६. धनुषा जिल्ला घर भई हाल बानेश्वर शान्तिनगर काठमाडौं बस्ने वर्ष २० को करणसाह।
७. धनुषा जिल्ला घर भई हाल पुरानो वानेश्वर बस्ने वर्ष २० को सुवास साह।
८. जिल्ला स्याङजा घर भई हाल कोटेश्वर काठमाडौं बस्ने वर्ष २२ की सपना गुरुङ ।
९. जिल्ला तनहु घर भई हाल बालाजु बस्ने बर्ष २० की श्रृजना भट्टराई ।
१०. जिल्ला काठमाडौं बानेश्रर घर हुने वर्ष २२ को अविनभ सिंह ठकुरी ।
११. जिल्ला सिन्धुपाल्चोक घर भई हाल कोटेश्वर वस्ने वर्ष २५ को रोशन राना ।
१२. जिल्ला दोलखा घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को रमेश पौडेल ।
१३. जिल्ला मोरङ घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को संजोग घिमिरे ।
१४. जिल्ला काठमाडौं बुढानिलकण्ठ बस्ने वर्ष २० की अप्सरा खत्री ।
१५. जिल्ला नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने वर्ष २२ की श्रेया थपलिया ।
१६. जिल्ला धनुषा घर भई हाल पुरानो बानेश्वर बस्ने वर्ष १९ को सन्तोष कुमार साह।

प्रतिक्रिया दिनुहोस्