Logo
Logo

राष्ट्रपति सवारीका बेला हिँडेको भन्दै डाक्टरमाथि कुटपिट


3.8k
Shares

काठमाडौं । राष्ट्रपतिको सवारीको समयमा हिँडेको भन्दै प्रहरीले डाक्टरमाथि दुर्व्यवहार गरेको छ ।

शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला डिउटीमा आइरहेका डा जनित सिंहलाई प्रहरीले कुटपिट गरेको हो ।

प्रहरीले दुर्व्यवहार गरेपछि चिकित्सकहरु विरोधमा उत्रिएका छन् । वीर अस्पताल र ट्रमा सेन्टरका स्वास्थ्यकर्मीले सेवा बन्द गरेर आन्दोलन थालेका हुन् । उनीहरुले इमर्जेन्सी नै रोक्ने चेतावनी दिएका छन् ।

संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्