Logo
Logo

आज अख्तियारको ३२ औं स्थापना दिवस मनाईदैँ


693
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार ३२औँ स्थापना दिवस मनाउँदै छ ।

मिलेर फालौं भ्रष्टचारको जालो, सुशाषन प्रवर्दनमा गरौं हातोमालो’ भन्ने नाराका साथ ३२ औं स्थापना दिवस मनाउन लागेको हो ।

अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो। नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो। हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ।

आयोगको काठमाडौँको टंगालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा कार्यालयले बिभिन्न कार्यक्रमका साथ अख्तियार दिवस मनाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्