Logo
Logo

राष्ट्रपतिको सवारीमा डाक्टर कुट्ने प्रहरीलाई कारबाही


1.4k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सक कुट्ने प्रहरी निलम्बनमा परेका छन् ।

शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर राष्ट्रपति शीतल निवास फर्कने क्रममा सुरक्षमा खटिएका प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङले वीर अस्पतालमा कार्यरत चिकित्सकलाई कुटपिट गरेका थिए ।

राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टर बाहिर चिकित्सक जनिथलाल सिंह वरिष्ठ हवल्दार गुरुङले कुटपिट गरेका थिए ।

केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले चिकित्सकमाथि हातपात गर्ने गुरुङलाई छानविनका लागि निलम्बन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्