Logo
Logo

लुम्बिनीका मन्त्री कृष्णा केसीले दिए राजीनामा


1.6k
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेका केसीले मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेका थिए । मुख्यमन्त्री लिला गिरीले आइतबार मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

सरकारका प्रवक्ता चेतनारायण आचार्यले विनाविभागीय मन्त्री केसीले राजीनामा दिएको बताए । मुख्यमन्त्री गिरी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्