Logo
Logo

राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छ : राजेन्द्र लिङ्देन


756
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीका अध्यक्षसमेत रहेका लिङ्दनले चौतर्फी रुपमा देशको राष्ट्रियतामाथि आक्रमण भइरहेको कुरा अहिले शीर्ष दलका नेताहरुले नै भन्ने गरेको बताए ।

नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरुले बताउँदै आएको भन्दै उनले अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताए ।

मन्त्री लिङ्देनले विद्यार्थीहरु राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने बताउँदै भने, ‘आज चौतर्फी रुपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताहरुले भन्ने गरेका छन् । नेपालको निर्णायकत्व नेपालीको हातमा छैन भनेर कहिले काहीँ तपाईंले सुन्नुभएको छ । त्यो चिजप्रति खबरदारी गर्न सक्नुपर्छ । हामीले यो विद्यार्थी संगठन सशक्त रुपमा अघि बढोस् भन्ने चाहना छ ।’

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । विद्यार्थी नेताहरु स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भएपनि पार्टीले सहयोग गर्न तयार रहेको बताए । काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्