Logo
Logo

ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउँछ : प्रकाशशरण महत


630
Shares

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनभित्र खटपट सुरु भइसकेको भन्दै ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने बताएका छन् । सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भएपनि अनेकन चलखेल गरेर सत्ताबाहिर पु¥याइएको भन्दै यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर कांग्रेसलाई सत्ताभन्दा बाहिर पु¥याइएको छ । तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ । छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ । यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं ।’

शान्ति र संविधानको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै उनले भने, ‘हामी ढिलो चाँडो फेरि सत्तामा आउनेछौं, विपक्षमा हुँदा पनि हामी सत्तामा भएको दललाई विकास र जनताको सेवामा केन्द्रित हुन खबरदारी गरिरहनेछौं ।’

उनले नुवाकोटको आर्थिक वृद्धि र विकासको सम्भावनाको चर्चा गरे । उनले भने, ‘हाम्रो जिल्ला रसुवागढी नाकाको नजिक छ । सो नाका जोड्ने सडक निर्माणमात्रै भए पनि हामी व्यापारिक क्षेत्रको रुपमा विकास गर्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्