Logo
Logo

उच्चस्तरीय संयन्त्रको बैठक बस्दै, राष्ट्रपति निर्वाचन प्रमुख एजेण्डा


1.6k
Shares

काठमाडौं । सरकार सञ्चालका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै छ । बैठक आज बिहान ९ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो । तर, उक्त बैठकमा राष्ट्रपति उम्मेदवारबारे कुनै छलफल भएन् । आजको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन, मन्त्रीपरिषद विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

आगामी फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुँदैछ । तर, सत्ता साझेदार दलबीच नै राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत भइसकेको छैन । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्