Logo
Logo

फालेलुङ गाउँपालिकामा सोमबार सार्वजनिक बिदा


504
Shares

पाँचथर । फालेलुङ गाउँपालिकाले फागुन १ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शनिबार बसेको गाउँपालिका कार्यसमितिको बैठकले जनयुद्ध दिवसको अवसरमा सोमबार पालिकाका रहेका सरकारी कार्यालय तथा विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश १ सरकारका पूर्वमन्त्री इन्द्र आङ्बोले गाउँपालिकाको निर्णय स्वागतयोग्य र ऐतिहासिक भएको बताएका छन् ।

उनले भनेका छन्– ‘महान जनयुद्धको दौरान पाँचथरमा सबैभन्दा बढि सहिदहरुले बलिदानी गरेको फालेलुङ गाउँपालिकाले ‘जनयुद्ध दिवश’को अवसरमा सार्वजनिक बिदा दिने निर्णय ऐतिहासिक र स्वागतयोग्य छ…धन्यवाद फालेलुङ ।’

प्रतिक्रिया दिनुहोस्