
काठमाडौं । मधेस प्रदेशको प्रदेशसभा बैठक आउँदो फागुन २ गते बस्ने भएको छ । फागुन २ गते मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि फागुन १ गतेका लागि तय भएको बैठक स्थगित गरि २ गतेका लागि बोलाइएको हो । गत माघ ४ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।











