Logo
Logo

बालुवाटारमा उच्चस्तरीय संयन्त्रको बैठक जारी


1.1k
Shares

काठमाडौं । सरकार सञ्चालका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, मन्त्रीपरिषदलाई पूर्णता दिने लगायत समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । यसअघि शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो । तर उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे कुनै छलफल भएन् ।

रास्वपाले आफ्ना तीन मन्त्री सरकारबाट फिर्ता बोलाए पनि ती मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छैनन् । गठबन्धनकाे छलफलमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि कुराकानी भइरहेकाे छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको पहल गर्ने बताइरहेका छन् । यता एमाले अध्यक्ष केपी शर्मा ओली भने गत पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने दाबी गरिरहेका छन् ।

बैठकमा प्रधानमन्त्री एवम् माओावादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने र रास्वपाका सभापति रवि लामिछाने सहभागी छन् ।

सत्तारुढ गठबन्धन तथा सरकारमा सहभागी भएर पनि सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्