Logo
Logo

सर्वसाधरणलाई हट्यो सवारीको सास्ती, राष्ट्रपति हेलिकोप्टरमा विमानस्थल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ असोज ।
उच्च अधिकारीहरुको सवारीको क्रममा सर्वसाधरणलाई हुने सास्ती कम हुँदै गएको छ । सडकमा समस्या नहोस् भनेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार शीतल निवासदेखि एयरपोर्ट हेलिकप्टरमा पुगेकी छिन्। म्यानमार भ्रमणमा जाने क्रममा बुधबार बिहान शीतल निवासबाट एयरपोर्ट हेलिकप्टरमा पुगेकी हुन्।


ट्राफिक व्यवस्थालाई ध्यानमा दिँदै स्थलमार्गको सट्टा हवाइमार्ग प्रयोग भएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताए । नत्र करिब १५ मिनेट सडक खाली गर्नुपर्दथ्यो । जसले हजारौं सर्वसाधरणलाई मर्का पर्दथ्यो ।

नेपाली सेनाले भिभिआइपीका लागि भन्दै केही समयअघि हेलिकोप्टर खरिद गरेको थियो। सोही हेलिकोप्टरमा राष्ट्रपति विमानस्थल पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्