Logo
Logo

आन्दोलन अवज्ञा गर्दै गंगालाल अस्पतालमा सेवा सुचारु


378
Shares

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले नेपाल चिकित्सक संघको आन्दोलनलाई अवज्ञा गर्दै नियमित सेवा सुचारु गरेको छ । संघको आन्दोलन अवज्ञा गर्दै अस्पतालले नियमित सेवा सुचारु गरेकाे हाे ।

चिकित्सकमाथी आक्रमण गरेको घटनालाई लिएर नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य सेवा आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

संघको आन्दोलनको अस्पतालबाट हुने सेवामा कुनै असर नभएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका एक कर्मचारी भने, ‘आन्दोलनको कुनै प्रभाव छैन । ओपिडी चलिरहेको छ । टिकट काटिरहेका छौ । आएका बिरामी फर्काएका छैनौँ ।’

शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले ट्रमा सेन्टरका चिकित्सकमाथि हातपात गरेको भन्दै आज देशभरि आकस्मिक बाहेकका सेवा अवरुद्ध छन् ।

चिकित्सक संघले विरोध स्वरूप सेवा बन्द गरेपछि वीर लगायत अन्य अस्पतालमा भने बिरामी मारमा परेका छन् । नियमित डायलासिस गराउनुपर्ने बिरामीले समेत सेवा पाउन सकेका छैनन् । स्थास्थ्य सेवा लिन वीर अस्पताल पुगेका विरामी र आफन्तले नियमित सेवा सुचारु गर्न माग गर्दै आन्दोलन सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्