Logo
Logo

सत्ता गठबन्धनलाई अझै बलियाे बनाउने सहमति


4.1k
Shares

काठमाडौं । सत्ता गठबन्धन दलबीच आगामी दिनमा सहकार्यलाई अझ मजबुत ढंगले अघि बढाउन सहमत भएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनितीक संयन्त्रको बैठकमा सत्ता साझेदार दलहरुबीच अझ मजबुत ढंगले सहकार्यलाई अगाडि बढाउने र छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

आजको बैठकमा अहिलेसम्म सरकारले गरेका कामकारबाहीको बारेमा समीक्षा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठकमा रास्वपालाई पुनः सरकारमा ल्याउनेबारे पनि छलफल भएको उनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्