Logo
Logo

गठबन्धनमा राष्ट्रपतिबारे विवाद छैन : राजेन्द्र लिङ्देन


2k
Shares

काठमाडा । सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भावी राष्ट्रपतिका विषयमा सत्ता गठबन्धन दलबीच विवाद नरहेको बताएका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट बाहिरिने क्रममा उनले गठबन्धनभित्र राष्ट्रपतिबारे मतभेद नरहेको प्रतिक्रिया दिएका हुन् ।

गत १० पुसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेको भागमा परेको बताइएको थियो । तर, राष्ट्रपति कांग्रेसले लिनेगरी राजनीतिक कोर्षअघि बढेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आशंका उत्पन्न भएको छ ।

नेपाली कांग्रेसले पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि गठबन्धनभित्र आशंका पैदा भएको हो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति उम्मेदवार चयनका विषयमा राष्ट्रिय सहमति खोज्नुपर्ने र कांग्रेसप्रति आफ्नो दायित्व रहेको अभिव्यक्ति दिंदै आएका छन् ।

यही बेला बसेको संयन्त्रको बैठकपछि अध्यक्ष लिङ्देनले गठबन्धनमा राष्ट्रपतिबारे विवाद नरहेको दाबी गरेका हुन् । संयन्त्रको बैठकमा सरकारका कामकारवाहीको समीक्षा गरिएको जानकारी दिएका उनले गठबन्धनमा फाटो आउन नदिने र सहकार्यलाई थप बलियो बनाउदै लैजाने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्