
काठमाडौं । अधिवक्ता खुमकान्त पौडेल लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्ता नियुक्त भएका छन् । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
रुपन्देहीको तिलोत्तमा निवासी पौडेल लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्य हुन् । ५० वर्षीय पौडेलले आइतबार नै शपथ लिने कार्यक्रम छ ।














