Logo
Logo

भीभीआइपीको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिने


1.9k
Shares

काठमाडौं । विशिष्ट व्यक्तिहरूको ‘सुरक्षा व्यवस्थापन कार्यविधि-२०७७’ गरिमार्जन गरिने भएको छ । विशिष्ट व्यक्तिहरुको सवारीका कारण सर्वसाधारणले दुःख पाएको भन्दै विरोध चर्किएपछि सरकार ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि’ संशोधन गर्न तयार भएको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पतालका एक डाक्टर प्रहरीबाट कुटिएका थिए ।सुरक्षाकर्मीबाट चिकित्सक कुटिएपछि नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको थियो । उसले आइतबार आकस्मिकबाहेक देशभरका ओपीडी सेवा बन्द गरेको थियो ।

त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेय र चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की संयोजक रहेको दुवैतर्फका वार्ता टोलीबीच विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्ने सहमति भएको हो ।

वार्तापछि जारी विज्ञप्तिमा ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ मा गर्नुपर्ने परिमार्जनबारे एक साताभित्र सुझाव पेश गर्ने पनि सहमति गरिएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (संशोधनसहित ) ऐन, २०६६ बमोजिम स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी व्यवस्थालाई प्रभावकारी कार्यान्वयन र स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थामा पनि जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्